२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बर्दियामा ५० वर्षीया महिलामाथि बलात्कार आरोपमा एक व्यक्ति पक्राउ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९६
  • बर्दिया, साउन २१ - – बर्दियाको बढैयाताल गाउँपालिका–६ स्थित खल्ला गाउँमा एक ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

    इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले स्थानीय ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ पक्राउ गरेको हो। पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो।

    प्रहरीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका थारुलाई हाल प्रहरी नियन्त्रणमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया थालिएको छ।

    यस घटनाले गाउँमा चासोको विषय बनेको छ भने प्रहरीको भनाइ अनुसार पीडितको गोपनीयता सुरक्षित राख्दै अनुसन्धान अगाडि बढाइने जनाइएको छ।