६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्लाहीमा स्कुल बसबाट खसेर एक बालकको ज्यान गयो



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ९०
  • जनकपुरधाम, साउन २३ — सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक बालकको दुखद मृत्यु भएको छ।

    मृतक धनकौल गाउँपालिका–३ हरकठ्वाका १३ वर्षीय फैजान शेख हुन्। उनी बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकमा दुर्घटनामा परेका थिए।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बिहीबार साँझ करिब साढे ४ बजे ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको स्कुल बसबाट फैजान खसेका थिए। उनी कक्षा ३ मा अध्ययनरत थिए र दुर्घटनाको बेला बसको ढोकामा उभिएका थिए।

    ढोकाबाट लडेर गम्भीर घाइते भएका फैजानलाई तत्कालै बरहथवाको संकटमोचन अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। तर, साँझ ७ बजे उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

    दुर्घटनापछि बस चालक बागमती नगरपालिका–१० निवासी २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।