२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना काठमाडौं उपत्यकाबाट पक्राउ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १३९
  • काठमाडौं, साउन २३ – विभिन्न देशहरूमा उच्च तलबमा रोजगारी दिलाइदिन्छु भनेर रकम असुल्ने चार जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले क्यानडा, युएई, क्रोएसिया र अमेरिका पठाइदिने लोभ देखाई सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गरेका थिए।

    पक्राउ पर्नेहरूमा तनहुँ घर भई बुढानीलकण्ठ नगरपालिका–७ मा बसोबास गर्ने ५५ वर्षीय योगराज गुरुङ, सर्लाहीकी खेमकुमारी श्रेष्ठ मानन्धर (३८), बागलुङका ५२ वर्षीय रामचन्द्र शर्मा र सुनसरी धरानका ६२ वर्षीय राजु मगर छन्।

    अनुसार, योगराज गुरुङले क्यानडा पठाइदिन्छु भनेर एक व्यक्तिबाट ८ लाख रुपैयाँ लिएका थिए। खेमकुमारीले युएई पठाउने भन्दै चार जनाबाट कूल ५ लाख रुपैयाँ असुलिन्। यस्तै, रामचन्द्र शर्माले क्रोएसियाका लागि २ लाख ३५ हजार रुपैयाँ लिएका थिए भने राजु मगरले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

    पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा, ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई बुधबार र बिहीबार नियन्त्रणमा लिएको हो।

    प्रहरीले उनीहरूलाई प्रारम्भिक अनुसन्धान पश्चात थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको जनाएको छ।

    यसरी रोजगारीको सपना देखाइ ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले सतर्क रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।