२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चक्रे मिलन समूहका ९ जना पटक–पटक एउटै अपराधमा संलग्न, मुद्दा अदालतमा जाने तयारी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १६१
  • काठमाडौं, साउन २५ - काठमाडौँ प्रहरीले चक्रे मिलन (मिलन गुरुङ) नेतृत्वको समूहका ९ जनालाई पटक–पटक एउटै किसिमको अपराधमा संलग्न रहेको प्रमाण भेट्टाएको छ। अब उनीहरू विरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    साउन १५ गते साम्बाला होटेलबाट चक्रे मिलनसहित ४७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको अभियोगमा पक्राउ गरिएको थियो। तीमध्ये १९ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुमति लिएर थप ५ दिन हिरासतमा राखी अनुसन्धान गरिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार, ९ जना आरोपीहरू एउटै अपराधमा बारम्बार संलग्न भएको पाइएको छ। उनले भने, “यी ९ जनामाथि अदालतमा मुद्दा पेस गर्दै थप सजायको माग गर्ने कानुनी व्यवस्था अनुसार अघि बढ्छौँ।”

    हाल चक्रे मिलन, गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनारलगायत १९ जना काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन्। सबैको बयान लिइसकिएको र अब सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा अभियोजन प्रक्रिया सुरु हुने तयारी छ।