२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दैलेखमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ११५
  • दैलेख, साउन २५ - दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्।

    प्रहरीका अनुसार साउन २२ गते राति तीजको नाच हेरेर घर फर्किँदै गरेकी बालिकालाई गाउँकै दुई युवकले लखेट्दै ढुंगाले प्रहार गरेर नियन्त्रणमा लिएर पालैपालो बलात्कार गरेका थिए। पीडित बालिका साथीसहित फर्किँदै गर्दा आरोपितहरूले पिछा गरेको र डरले किशोरीहरू भाग्ने क्रममा ती बालिका लडेपछि घटना भएको खुलेको हो।

    ढुंगाको प्रहारबाट पीडितको दाहिने हात मर्किएको र गुप्तांगमा घाउ भएको चिकित्सकहरूले पुष्टि गरेका छन्। उनलाई तत्काल जिल्ला अस्पताल दैलेख पुर्‍याइ उपचार गरिएको छ।

    घटनापछि भागेका दुवै युवकलाई पीडितका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बरालका अनुसार दुवैलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ।