२६ साउन २०८२ सोमबार | 11 Aug 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा ब्राह्मण पक्राउ



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ७९
  • काठमाडौं, साउन २५ - पशुपति आर्यघाटमा दाहसंस्कारको क्रममा एक मृतकको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

    प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राह्मण हुन्। उनलाई हाल प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी कुलदीप चन्दले जानकारी दिए।

    यो घटना काभ्रेको बनेपा नगरपालिका–९ निवासी राम शाहीको दाहसंस्कारका क्रममा भएको बताइएको छ। मृतकका आफन्तले शव जलाउने क्रममा मासु र हड्डी निकालिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

    प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। आफन्तले निकालिएको मासु र हड्डी बिक्री हुने गरेको दाबी गरे पनि किन्ने व्यक्ति र बिक्री मूल्यबारे हालसम्म कुनै तथ्य सार्वजनिक भएको छैन। यस कारण आरोप पुष्टि हुने ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन।