कञ्चनपुर, साउन २५ — कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार बेपत्ता हुनेमा अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेका छन्। आइतबार दिउँसो करिब साढे १ बजेतिर नदीमा नुहाउँदा उनीहरू बगेर बेपत्ता भएका हुन्।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा खोजी कार्य जारी राखेको छ। स्थानीयवासीहरू पनि खोजीमा सहयोग गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस