२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको धरौटी निवेदनमा आज जिल्ला अदालतमा सुनुवाई



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ५६७
  • बुटवल, साउन २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनको सुनुवाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा आज सोमबार भएको छ।

    लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता छ। यसमा जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उनलाई एक करोड रुपैयाँ धरौटी तोकेको थियो। त्यसपछि उनी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुगेका थिए। गत वर्ष चैत २२ गते उच्च अदालतको आदेशले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो।

    यसअघि लामिछानेले उच्च अदालतको उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए भने सर्वोच्चले पनि उच्च अदालतको आदेशलाई कायम गरेको थियो।

    हाल, लामिछानेले जिल्ला अदालतमा सहकारी ऐनको दफा १३१(क) अन्तर्गत बिगो तिरेर साधारण तारेख पाउनका लागि निवेदन दिएका छन्। निवेदनमा उनले उक्त कानून आफ्नो हकमा लाग्ने छैन भनी उल्लेख गरे पनि बिगोको रूपमा दुई करोड ८४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेको बताइएको छ।