२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रामहरि खतिवडाको औपचारिक राजीनामा



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७९
  • काठमाडौं, साउन २८ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।

    मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेपछि, बुधबार उनले औपचारिक रूपमा सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्।

    खतिवडाले पत्रमा लेखेका छन् कि साउन २७ गतेको प्रतिनिधिसभा बैठकमा उनले समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरेकाले आजैबाट त्यसको कार्यान्वयन हुन थालेको छ।