२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाढीले शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बगायो, आवागमन पूर्ण अवरुद्ध



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १२८
  • झापा, साउन २८ – अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल बुधबार बाढीले बगाएपछि शनिश्चरे–खुदुनाबारी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    विर्तामोडमार्फत इलामको माई नगरपालिका पुग्ने मुख्य मार्गमा पर्ने यस पुल २०६५ सालमा भारत सरकारको सहयोगमा करिब दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो। पुल निर्माणपछि सो मार्गमा लामो दूरीका सवारीसाधन नियमित सञ्चालनमा आएका थिए।

    स्थानीयका अनुसार पुल दुई वर्षअघि पनि भाँसिएको थियो। त्यतिबेला सडक अवरुद्ध भएपछि यातायात दक्षिणतर्फको अर्जुनधाराधाम हुँदै अर्को बिरिङ पुलमार्ग प्रयोग गरेर सञ्चालन गरिएको थियो।

    हालको बाढीले पुल बगाएपछि वैकल्पिक सडकमार्ग प्रयोगबाहेक आवागमनका अन्य विकल्प नभएको स्थानीय प्रशासनले जनाएको छ।