२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्रीमाथि न्यायालय हस्तक्षेपको आरोप



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १००
  • काठमाडौं, साउन २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकमाथि न्यायालयलाई प्रभावित गर्न खोजेको गम्भीर आरोप लगाएको छ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. चन्दा कार्कीले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको सार्वजनिक अभिव्यक्ति उद्धृत गर्दै गृहमन्त्रीको न्यायिक हस्तक्षेपबारे प्रश्न उठाइन्।

    उनका अनुसार गत सोमबार रुपन्देही जिल्ला अदालतमा सभापति रवि लामिछानेको निवेदनमाथि सुनुवाइ भइरहँदा गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको थियो। उनले दाबी गरिन्, “उक्त उजुरीको प्रतिलिपि गृहमन्त्रीको सचिवालयबाट विभिन्न स्थानमा पठाइएको प्रमाण बाहिर आएको छ।”

    डा. कार्कीले मानव तस्करीको मुद्दामा मात्र होइन, न्यायिक प्रक्रियामा समेत मन्त्रीको संलग्नता देखिनु न्यायिक स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको आरोप लगाइन्।