२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भक्तपुर अदालतमा चक्रे मिलनको बयान सुरु, ज्यान मार्ने उद्योग मुद्दामा बहस अघि बढ्दै



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १३५
  • काठमाडौं, साउन ३० - गुन्डा नाइकेका रूपमा चर्चित मिलन गुरुङ ‘चक्रे मिलन’ को मुद्दामा आज जिल्ला अदालत भक्तपुरमा बयान सुरु भएको छ।

    बिहीबार सुनुवाइको समय नपुगेर स्थगित भएको मुद्दा शुक्रबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा पेश भएको हो। बयानपछि थुनछेक बहस सम्पन्न गरिने र त्यसपछि धरौटीमा रिहा गर्ने, साधारण तारेखमा राख्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय हुने अपेक्षा गरिएको छ।

    चक्रेविरुद्ध एक वर्षअघिको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको हो। १० भदौ २०८१ मा भक्तपुरको सानोठिमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा भएको आक्रमणमा उनको नाम समेटिएको छ। पीडित मनिष रायमाझीका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीअनुसार, सर्लाहीको हरिवन–४ का २५ वर्षीय अजित खवाससहितले खुकुरी प्रहार गरी मनिषलाई घाइते बनाएका थिए।

    खवास पक्राउ परे पनि चक्रे त्यसबेला फरार सूचीमा रहेका थिए। हाल उक्त मुद्दामा उनी प्रतिवादी बनेका छन्।

    चक्रे हालसालै अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटी बुझाएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका थिए। त्यसपछि भक्तपुरमा चलिरहेको अर्को मुद्दाका कारण उनलाई त्यहाँको प्रहरीको जिम्मा लगाइएको हो।

    १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त अपरेशनमा चक्रेसहित ४७ जना पक्राउ परेका थिए। महाराजगञ्जको होटल साम्बालामा मध्यराति जन्मदिन पार्टीको क्रममा होहल्ला मच्चाएको आरोपमा पक्राउ परेका तीमध्ये २८ जना सोही दिन रिहा भएका थिए।