२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फड्के तर्ने क्रममा खोलामा खसेर दुई वर्षीया बालिकाको मृत्यु



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०६
  • ताप्लेजुङ, साउन ३० - ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बूमा आज खोलामा फड्के तर्ने क्रममा दुई वर्षीया बालिका निशा लिम्बूको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, बालिकासँगै उनकी आमा शान्ता लिम्बू पनि फड्के तर्ने क्रममा खोलामा खसेकी थिइन् र सामान्य घाइते भएकी छन्।

    प्रहरीका अनुसार, उनीहरू फुरुम्बूबाट माइतीघर फक्ताङलुङ गाउँपालिकाको तावा जाँदै थिए र मार्गमा पर्ने सिस्ने खोलामा फड्के तर्ने क्रममा दुर्घटना भएको हो।

    बालिकाको आकस्मिक मृत्युले स्थानीय जनमानसमा शोक छाएको छ।