१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको भारत भ्रमण : मोदी जन्मदिनको दिनमै सम्भावित भेट



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१६
  • काठमाडौँ, भदौ २ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी सेप्टेम्बर १६–१७ (भदौ ३१–असोज १) मा भारत भ्रमण गर्ने तयारी भएको छ। दुवै मुलुकले औपचारिक घोषणा नगरे पनि नेपाली र भारतीय मिडियाले स्रोत उद्धृत गर्दै यसै मितिमा भ्रमण हुने संकेत गरेका छन्।

    विशेष कुरा के भने, सेप्टेम्बर १७ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन पर्छ। त्यही दिन बोधगयामा ओली–मोदी भेट तय हुने सम्भावना देखिएको छ। यस कारण यो भेट संयोग मात्रै हो वा विशेषरूपमा ‘साइत मिलाइएको’ भन्नेबारे चर्चा सुरु भएको छ।

    करिब १३ महिनापछि ओलीले भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएका हुन्। आइतबार भारतका विदेश सचिव विक्रम मिस्रीले काठमाडौँमा ओलीलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए।

    भ्रमणमा भएको ढिलाइलाई लिएर विपक्षीले बारम्बार आलोचना गर्दै नेपाल–भारत सम्बन्ध बिग्रँदै गएको आरोप लगाउँदै आएका थिए। अब भने भेटवार्ताका सम्भावित तालिका सार्वजनिक हुँदै जाँदा दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने आकलन गरिँदैछ।