१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेमा भिटामिन ‘डी’को कमी, चिकित्सक परामर्शका लागि नख्खु कारागार पुग्दै



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५०९
  • काठमाडौं — रास्वपा सभापति रवि लामिछानेको शरीरमा भिटामिन ‘डी’को कमी पाइएको छ। सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।

    ट्रमा सेन्टरका डा. जितेन्द्र यादवसहितको टोलीले रगतको नमुना संकलन गरी गरेको परीक्षणमा लामिछानेको शरीरमा भिटामिन ‘डी’को मात्रा न्यून देखिएको अस्पताल स्रोतले जनाएको छ।

    स्रोतका अनुसार खानपानमा कमजोरी र घाममा पर्याप्त समय नबसेका कारण यस्तो समस्या देखिएको हुनसक्छ। “अन्य गम्भीर समस्या छैन, तर भिटामिन ‘डी’ कमी देखिएको छ,” स्रोतले भन्यो।

    रिपोर्टको आधारमा चिकित्सक टोली आजै नख्खु कारागार पुगेर लामिछानेलाई स्वास्थ्य परामर्श दिने तयारीमा रहेको छ।

    चिकित्सकहरूका अनुसार भिटामिन ‘डी’को कमीले हड्डी कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता घट्ने, हातखुट्टा झम्झमाउने, अत्यधिक थकाइ र कपाल झर्ने जस्ता समस्या ल्याउन सक्छ।

    तीन दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण भई लामिछानेलाई नख्खु कारागार ल्याइएको हो। हाल उनी करिब चार सय कैदीबन्दी रहेको ब्लकमा बसिरहेका छन्।