१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माइतीघरमा उखु किसानको धर्ना, बक्यौता भुक्तानीको माग



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३४५
  • काठमाडौँ, भदौ ८ – उखु उत्पादक किसानहरूले आफ्ना बक्यौता रकमको भुक्तानी माग गर्दै राजधानीको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्।

    आर्थिक वर्ष ०८१/०८२ मा आपूर्ति गरिएको उखुको प्रतिक्विन्टल ७० रुपैयाँ दरको रकम अझै नपाएको किसानहरूको दाबी छ। उनीहरूको भनाइमा सरकारले पटक–पटक आश्वासन दिए पनि भुक्तानी प्रक्रिया अघि बढ्न सकेको छैन।

    उखु उत्पादक महासंघ नेपालको नेतृत्वमा १३ जिल्लाका किसानहरू उखु बोकेरै आइतबार माइतीघरमा भेला भएका हुन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म धर्ना र विरोध कार्यक्रम निरन्तर गर्ने चेतावनी दिएका छन्।

    सरकारले तत्काल समाधान खोज्नुपर्नेमा किसानहरूको जोड छ। उनीहरूको भनाइ छ, “उत्पादन लागत बढ्दै गएको अवस्थामा बक्यौता भुक्तानी रोकिएर बसे किसानहरू थप संकटमा परेका छन्।”