१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपालमा दर्ता नभएको सामाजिक सञ्जाललाई अन्तिम चेतावनी



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ४४८
  • काठमाडौँ, भदौ १३, २०८२ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन्। सरकारले सात दिनभित्र सबै सामाजिक सञ्जाल दर्ताका लागि आह्वान गरेको छ र यो अन्तिम मौका रहेको बताए।

    मन्त्री गुरुङले शुक्रबार संसद् भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै, केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएको भन्दै सरकारले तोकेको समयभित्र दर्ता नगरेमा ती बन्द गरिने बताए।

    भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकहरूलाई जिम्मेवार बनाउने तथा सात दिनभित्र सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको थियो। मन्त्री गुरुङका अनुसार, यसअघि पटक–पटक दर्ता गर्ने अवसर दिइए पनि कतिपय सामाजिक सञ्जाल अझै दर्ता प्रक्रियामा सहभागी भएको छैन।

    सरकारको यो कदम सामाजिक सञ्जाललाई जिम्मेवार तथा पारदर्शी बनाउने प्रयासको अंश भएको मन्त्री गुरुङले बताए।