२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमाले नेता ऐन महरविरुद्ध साइबर अपराधको मुद्दा दर्ता



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ७९
  • काठमाडौँ, भदौ १७ – नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सोमबार अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरेको हो।

    महरमाथि सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोप लगाइएको छ। अब अदालतमा पेश भएपछि उनलाई थुनामा पठाउने कि धरौटी वा हाजिरी जमानीमा राख्ने भन्नेबारे निर्णय हुने अदालत स्रोतले जनाएको छ।

    यसअघि, भदौ ११ गते सरकारी वकिल कार्यालयले महरलाई हाजिरी जमानीमा छोडेको थियो।