काठमाडौँ, भदौ १९ - नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल निष्क्रिय हुने परिस्थितिलाई सकारात्मक ढंगले लिन आग्रह गरेका छन्।
उनका अनुसार सामाजिक सञ्जालहरूले विगतमा खल्बल्याएका परम्परागत सामाजिक मूल्य–मान्यताहरूलाई यस अवधिमा पुनर्स्थापित गर्ने अवसर मिल्न सक्छ। ‘सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले बिगारेका असल परम्पराहरूलाई पुनर्स्थापित गर्ने कोसिस गरौँ, सुखद अनुभूति हुनेछ,’ पोख्रेलले सामाजिक सञ्जालमै लेखेका छन्।
यसबीचमा सरकारले सूचीकरणमा सहभागी नभएका फेसबुक, युट्युबसहितका सञ्जाललाई निष्क्रिय बनाउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ ९ गतेदेखि एक साताको समयसीमा तोकेको भए पनि तोकिएको समय बुधबार राति सकिएको छ। मन्त्रालयका अधिकारीहरूले आजै मन्त्रिपरिषद् स्तरबाट सामाजिक सञ्जाल निष्क्रिय गर्नेबारे निर्णय हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस