२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गल्ती सुधार्दै नयाँ बाटो रोज्नुपर्ने बेला आएको छ : भट्टराई



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या १७४
  • काठमाडौँ, भदौ २५ — नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुक गम्भीर संकटमा परेको अवस्थामा पार्टी र नेतृत्वले आफ्ना कमजोरीहरूको स्पष्ट समीक्षा गर्नुपर्ने बताएका छन्।

    बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले जनतासँग नजिकिनु र उनीहरूको आवाजलाई आधार बनाएर निर्णय लिनुपर्नेमा जोड दिए। “यस्तो अस्थिर अवस्थामा उत्तेजनामा आधारित निर्णयले सही परिणाम ल्याउँदैन,” भन्दै उनले १० बुँदे सुझावसमेत प्रस्तुत गरेका छन्।

    भट्टराईका अनुसार, पार्टी संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्दै एकताको वातावरण निर्माण गर्न आवश्यक छ। उनले गल्तीलाई आत्मालोचना गर्नुपर्ने र सदस्यहरूको व्यापक सहभागितासहित पार्टीभित्रका प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्ने बताए।

    लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधान र कानुनको शासनलाई पार्टीले मूल आधारका रूपमा अँगाल्नुपर्नेमा उनले जोड दिए। “खरानीबाट उठेर पुनर्निर्माण गर्ने हाम्रो साझा जिम्मेवारी हो,” भन्दै उनले सबै पक्षसँग सहकार्य गरेर मात्रै देशलाई निकास दिन सकिने स्पष्ट पारे।