काभ्रे, भदौ ३० – पनौतीमा भएको आगजनी तथा तोडफोडको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराईले पद र पार्टी दुवै त्यागेका छन्।
गत २४ भदौमा पनौती नगरपालिकाभित्र मेयर, उपमेयर, पूर्वमेयर, पूर्वसांसदलगायतका घर र सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। सो क्रममा भट्टराई स्वयं पूर्वसांसद शिव हुमागाईंको घरमा रहेको गाडीमा आगो लगाइरहेको दृश्य सार्वजनिक भएपछि उनी विवादमा आएका हुन्।
स्थानीयहरूले आरोप लगाएका अनुसार पनौती क्षेत्रको आन्दोलनमा नेतृत्व भट्टराईकै हातमा थियो। भीड नियन्त्रणमा असफल भएको भन्दै उनले आफूले घटनामा प्रत्यक्ष संलग्न नभएको तर रोकथाम गर्न नसकेको बताएका छन्।
न्यौपानेका अनुसार घटनाको दिन बेलुकी भट्टराईले फोन गरी भिड आक्रामक भएको र ज्यान जोगाउन चेतावनी दिएका थिए। तर केही बेरमै उनको घरमा आगजनी र लुटपाट भएको थियो।
सो घटनापछि भट्टराईले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै पदबाट राजीनामा दिने निर्णय गरेका छन्। “नैतिकताका कारण नगर सभापतिको पदमा बसिरहन उचित देख्दिनँ। आजैदेखि सक्रिय राजनीति छाड्ने निर्णय लिएको छु,” उनले लेखेका छन्।
भट्टराई हाल काठमाडौं विश्वविद्यालयमा ल्याब टेक्निसियनका रूपमा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस