२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलनको झडपमा घाइते देउवा दम्पती अस्पतालमै निगरानीमा



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या १२६
  • काठमाडौं, भदौ ३० – जेनजी आन्दोलनको क्रममा भएको आक्रमणमा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा हालसम्म राजधानीकै एक गोप्य अस्पतालमा उपचाररत छन्।

    चिकित्सकहरूले दुबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए पनि अझै कम्तीमा एक सातासम्म अस्पतालमै राखेर निगरानी गर्नुपर्ने देखिएको छ।

    भदौ २४ गते प्रदर्शनकारीहरू बूढानीलकण्ठस्थित देउवाको निवासभित्र पसेर आक्रमण गरेका थिए। त्यस क्रममा देउवाको गर्दन र ढाडमा चोट लागेका छन् भने आरजु राणाको अनुहार र शरीरका विभिन्न भागमा निलडाम तथा चोट पुगेको छ। सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिन नसक्दा घरमा आगजनी समेत भएको थियो।

    निकट स्रोतका अनुसार सुरक्षाका कारण उपचार भइरहेको अस्पतालको नाम सार्वजनिक गरिएको छैन। तर, चिकित्सकले अवस्थालाई क्रमशः स्थिर बताइरहेका छन्। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फोन सम्पर्कमार्फत देउवासँग निरन्तर कुराकानी भइरहेको र स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन्।

    ७९ वर्षीय देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका नेता हुन् भने ६३ वर्षीया आरजु राणा हालैसम्म परराष्ट्रमन्त्रीको पदमा रहेकी थिइन्।