२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलनमा संलग्न आरोप : रास्वपाका दुई वडा सभापति निलम्बित



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ७२
  • काठमाडौँ, भदौ ३० – जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना दुई वडा सभापतिलाई पदबाट निलम्बन गरेको छ।

    रास्वपाको गण्डकी प्रदेश अनुशासन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा कास्कीको मादी–६ का सभापति भोजराज पौडेल र पोखरा–१० का सभापति चन्द्रबहादुर थापामाथि कारबाही गरिएको उल्लेख छ।

    अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीका अनुसार उनीहरूले गरेको गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अर्को निर्णय नभएसम्म निलम्बन गर्ने निर्णय गरिएको हो।