२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मन्त्रिपरिषद् चाँडै पूर्ण हुन्छ : मन्त्री घिसिङ



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १००
  • काठमाडौं, असोज ३ - ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सरकारले चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन्।

    शुक्रबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा आयोजित सरसफाइ तथा पुनर्निर्माण अभियानको उद्घाटन गर्दै मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीले यसबारे आवश्यक पहल गरिसकेको जानकारी दिए।

    उनले भने, “सरकारले गर्नुपर्ने कामहरू अघि बढिसकेको छ, अब मन्त्रिपरिषद् पूर्णता दिने काम ढिला हुने छैन। प्रधानमन्त्रीले पनि यसबारे चाँडै निर्णय गर्ने आश्वासन दिनुभएको छ।”

    मन्त्री घिसिङका अनुसार पुनर्निर्माणदेखि सरसफाइ अभियानसम्मका कार्य सरकारले सुरु गरिसकेको छ। उनले स्वयंसेवक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई अभियानमा सक्रिय सहभागी हुन आह्वानसमेत गरे।

    “हामीले मन्त्रालयस्तरमै सरसफाइ कार्य सुरु गरिसकेका छौं। स्वयंसेवक साथीहरू जोडिनुभएको छ, संघसंस्थाहरू पनि सहभागी हुने प्रक्रियामा छन्,” उनले बताए, “सबैलाई सहकार्यका लागि निमन्त्रणा गर्दछौं।”