२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिंहदरबारमा भेट्न पुगेका जेनजी आन्दोलनका घाइते पक्राउ



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ९३
  • काठमाडौँ, असोज ५ – प्रधानमन्त्री शुसीला कार्कीलाई भेट्ने उद्देश्यले सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    आन्दोलन हाइज्याक भएको भन्दै असन्तुष्टि जनाउँदै सिंहदरबार पुगेका उनीहरू आक्रोशित भएपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भएको थियो।

    घाइतेहरूले संयोजक सुदन गुरुङमाथि समेत आपत्ति जनाउँदै उनलाई जेनजी पुस्ताको नेतृत्व गर्ने योग्य व्यक्तिका रूपमा स्वीकार गर्न नसक्ने बताएका छन्। उनीहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सहन नसक्ने चेतावनी पनि दिएका थिए।

    सुदन गुरुङको नाम लिएर नाराबाजी र होहल्ला बढेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।