२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भागेर घर पुगे, श्रीमतीको हत्या गरेर फेरि जेल फर्किए



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १०६
  • काभ्रे, असोज ६ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ गागलमा आफ्नै श्रीमतीको हत्या गरी शव गाडेका सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएका छन्।

    जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका तामाङ भदौ २४ गते नख्खु कारागारमा भएको आन्दोलनका क्रममा फरार भएका थिए। प्रहरीका अनुसार उनी भागेको दिनमै घर पुगेका थिए।

    असोज २ गते राति श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)सँग परपुरुषसँग सम्बन्ध रहेको शंकामा विवाद भयो। सोही विवादका क्रममा कुटपिट हुँदा मनिषाको मृत्यु भएको अनुसन्धानले देखाएको छ।

    हत्या लुकाउन शवलाई घर नजिकै करेसा बारीमा गाडिएको प्रहरीले जनाएको छ। शव आइतबार उत्खनन गरिएको हो।

    हत्या गरेकै भोलिपल्ट, असोज ३ गते तामाङ नख्खु कारागारमै गएर उपस्थित भएका थिए। प्रहरीले भने उनलाई श्रीमतीको हत्या प्रकरणमा थप मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

    उनको सजाय पूरा हुन अझै एक महिना मात्र बाँकी थियो। मृतकका १२ वर्षको छोरा र ३ वर्षकी छोरी रहेका छन्।