बिर्तामोड, असोज ७ - झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा डेरा गरी बस्ने युवकले घरमालिकको हत्या गरेका छन्।
हत्या अभियोगमा २८ वर्षीय प्रेम कुमार राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो। उनले धारिलो हतियार प्रहार गर्दा ३६ वर्षीय फुर्बा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनापछि तत्काल प्रहरी टोली खटिएर राईलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस