काठमाडौं, असोज ७ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि मन्त्रालयकै भवनमा बस्ने भएका छन्।
सपथ ग्रहणपछि पदभार सम्हालेको दोस्रो दिनदेखि नै मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। त्यसअनुसार सिंहदरबारस्थित भवन जेनजी आन्दोलनका क्रममा जलेपछि हाल कार्य सञ्चालन भइरहेको केशरमहलमा उनी बस्ने तयारी पूरा भएको हो।
मन्त्रालयकी सहसचिव अनिता निरौलाका अनुसार मन्त्री पुनका लागि छुट्टै कोठा तयार गरिएको छ। उनले भनिन्, “कोठा भेटिसकेको छ। आज बेलुकादेखि मन्त्रीज्यू त्यहीँ बस्नुहुनेछ। सुत्ने र खाने सुविधा सहितको न्यूनतम व्यवस्था मिलाइएको छ।”
मन्त्रालयले सेवामा कुनै असर नपर्ने गरी सो कोठा प्रयोगयोग्य बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस