काठमाडौं, असोज १० - सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष कार्यदल गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) संयोजक रहने गरी ‘फरार बन्दी खोजी तथा नियन्त्रण कार्यदल’ गठन गरिएको हो। कार्यदलमा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य रहनेछन्।
कार्यदलले फरार कैदीहरूको खोजी, नियन्त्रण तथा पक्राउ कार्य अघि बढाउनेछ। साथै, सरकारले फरार भएकाहरूलाई तत्काल स्वेच्छाले कारागार फर्किन आग्रह गरेको छ।
निर्देशनअनुसार २३ र २४ भदौमा कारागारमा रहेका कैदीबन्दीको विवरणअनुसार फर्किएका र अझै नफर्किएका कैदीहरूको दैनिक अभिलेख अद्यावधिक गर्नुपर्नेछ।
यस्तै, बाँकी रहेका कैदीबन्दीलाई २० असोजभित्र कारागारमा उपस्थित हुन निर्देशन दिइएको छ। सो अवधिभित्र नफर्किए कानुनअनुसार आवश्यक कारबाही हुने चेतावनी पनि कार्यदेशमा समेटिएको छ।
प्रतिक्रिया दिनुहोस