२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई यस वर्ष टीका–जमरा नलगाउने



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ८०
  • काठमाडौँ, असोज १२ - पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका–जमरा नलगाउने घोषणा गरेका छन् । उनले राष्ट्रको अवस्था चुनौतीपूर्ण रहेको भन्दै पारिवारिक र सांस्कृतिक रूपमा मात्र दशैँ मनाउने प्रस्ट पारेका हुन् ।

    आइतबार जारी गरिएको शुभकामना सन्देशमार्फत पूर्वराजा शाहले भनेका छन्, “देश अहिले चरम विध्वंस र शोकको अवस्थामा छ, त्यसैले यसपटक पारिवारिक रूपमा मात्रै पर्व मनाउन बाध्य भएका छौँ । आम नागरिकलाई विगतमा जस्तै बृहत रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँछु ।”

    शुभकामना सन्देशमा उनले राष्ट्रको समृद्धि र विकासलाई साझा लक्ष्यका रूपमा लिँदै राज्य प्रणालीलाई समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, उनले आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई आत्मसात गर्दै राष्ट्रिय समाजको संरचना र विश्व व्यवस्थामा भइरहेको परिवर्तनलाई स्वीकार्नुपर्नेमा जोड दिएका छन् ।

    पूर्वराजा शाहले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै नवदुर्गा भवानीले सबैलाई दिव्यपथतर्फ अग्रसर गरून् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।