२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ८५
  • काठमाडौँ, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्।

    साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक दल दर्ताका लागि आइतबार दिउँसो आयोगमा गएर निवेदन दिएका हुन्। आयोगका अनुसार दर्ता प्रक्रियाका लागि आवश्यक कागजात हाल जाँच-परीक्षणमा छन्।

    आयोग स्रोतले भन्यो, “साम्पाङ आफैं उपस्थित भएर निवेदन दिनुभएको छ। अहिले हामी आवश्यक कागजातको प्रारम्भिक अध्ययनमा छौं।”

    धरानका मेयर बनेपछि खानेपानीको मुद्दालाई प्राथमिकतामा राख्दै आएका साम्पाङले स्थानीयस्तरमा श्रमदान अभियानसमेत सञ्चालन गरेका थिए। उनी सामाजिक सञ्जालमार्फत् पनि निरन्तर सक्रिय रहँदै आएका छन्।

    हालैको जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेला साम्पाङ काठमाडौं आएका थिए। उनले सरकार नेतृत्व आफैं गर्न सक्ने अभिव्यक्ति दिएका थिए। तर, सरकारमा भूमिका नपाएपछि पुनः धरान फर्किएका थिए।