२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ७८
  • काठमाडौं, असोज १३ - मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला क्षेत्रमा सोमबार दिउँसो ठूलो पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मध्यान्ह १२ बजेदेखि सडकमा दुईतर्फी आवागमन ठप्प भएको हो। अझै माथिबाट माटो र ढुंगा खस्ने क्रम जारी रहेकाले सफाइ कार्य सुरु गर्न नसकिएको कार्यालयले जनाएको छ।

    डिभिजनका अनुसार पहिरो हटाउने उपकरण र कर्मचारी तयारी अवस्थामा छन्। खसाइ रोकिएपछि मात्र सडक खुलाउने काम सुरु हुने बताइएको छ।

    गत सातापनि सोही ठाउँमा पहिरो खसेर करिब ४५ घण्टापछि मात्र सडक सञ्चालनमा आएको थियो। दशैं मनाउन घरतर्फ गइरहेका यात्रु र सवारी साधन यसपटक पनि समस्यामा परेका छन्।

    मुग्लिनतर्फ जाने सवारीसाधन सडकअण्डमा थुनिन थालेका छन्।