बैतडी, असोज १४ – बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरको जात्रा हेरेर फर्किने क्रममा आज एक महिलाको बसको ठक्करबाट ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दशरथचन्द राजमार्गको गुरुखोला नजिक महाकाली यातायातको (ना १ ख १०१७) नम्बरको बसले ठक्कर दिँदा वडा नं. १ गुरुखोला निवासी ३३ वर्षीया भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको हो।
मृतकका आफन्त तथा स्थानीयवासीले दुर्घटनापछि आक्रोश व्यक्त गर्दै राजमार्ग अवरुद्ध गरेका छन्। घटनास्थलमा प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा टोली पुगेको र सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस