२३ असोज २०८२ बिहिबार | 09 Oct 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालेनको स्पष्टीकरण : आन्दोलनका दिनहरूमा स्वास्थ्यकर्मी र दमकल निरन्तर खटिए



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, असोज २१ - जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचना जोगाउन नसकेको आरोपपछि मेयर बालेन शाहले त्यसको कडा खण्डन गरेका छन् । उनले आन्दोलन सुरु भएदेखि असोज २८ गतेसम्म महानगरका सम्पूर्ण संयन्त्र रातदिन नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन तैनाथ रहेको दाबी गरेका छन् ।

    मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस प्रकाशित गर्दै मेयर शाहले आन्दोलनका दिनमा महानगरले ५५ भन्दा बढी स्थानमा दमकल परिचालन गरेको जानकारी दिएका छन् । साथै, घाइतेहरूको उपचार र मृतकको शव व्यवस्थापनसम्म महानगरका स्वास्थ्यकर्मीहरू सक्रिय रहेको उनले स्पष्ट पारेका छन् ।

    ‘आन्दोलनका क्रममा गलत आरोप लगाइएका छन् । तर, महानगरका तर्फबाट सम्पूर्ण प्रयास भएका छन्, जसको प्रमाण हामीसँग सुरक्षित छ,’ शाहले लेखेका छन् ।

    उनका अनुसार, महानगरले हरेक घटनास्थलमा तत्काल उद्धार र नियन्त्रणका लागि टोली पठाएको थियो । उनले आन्दोलनका दिनहरूमा कहाँ–कहाँ आगलागी भयो र ती निभाउन दमकल कहिले–कहिले पुग्यो भन्ने विस्तृत विवरण पनि सार्वजनिक गरेका छन् ।

    बालेनले थप लेखेका छन्, ‘हुँदै नभएका आरोपहरू फैलाइँदैछ, त्यसैले सबै भ्रमहरू अन्त्य गर्न यो विवरण सार्वजनिक गरेको हुँ ।’

    उनको भनाइअनुसार, महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको र नागरिकको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ ।