१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा दुई पुरुषको शव फेला, प्रहरी अनुसन्धानमा



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या ३११
  • झापा, कार्तिक ७ - झापाको दमक र कमल गाउँपालिकामा शुक्रबार बिहान दुई वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।

    कमल गाउँपालिका–५ पाडाजुंगीका ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन्। तिहार मनाउन श्रीमती कविता खड्का चितवन माइत गएका बेला घरमा नातिनी श्रृजा निरौलासँग बसेका खड्कालाई बिहान उठाउन खोज्दा प्रतिक्रिया नदिएपछि ढोका खोलेर हेर्दा उनी मृत फेला परेका थिए।

    स्थानीयवासी युवराज खड्काका अनुसार, मृतकका २८ वर्षीय छोरा सरोज खड्का पनि तीन वर्षअघि, २०७९ कात्तिक १६ गते, सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। बुवा र छोराको समान परिस्थितिमा मृत्यु भएको घटनाले स्थानीयहरू स्तब्ध बनेका छन्।

    त्यसैगरी, दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल पनि आज बिहान आफ्नै घरमा मृत फेला परेका छन्।

    इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईका अनुसार, दुबै घटनामा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।