१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बहुप्रतिभाशाली विजय खत्रीद्वारा ‘साथी’ कविता सार्वजनिक

डेलिभरी ड्राइभरदेखि अन्तर्राष्ट्रिय ब्रान्डका ब्रान्च म्यानेजरसम्मको यात्रा



  • सिमोन भट्टराई
  • २ महिना अघि
  • पाठक संख्या ४४३
  • कुवेत - परिस्थिति र बाध्यताले परदेश पस्नुपरेको जीवन र त्यसै संघर्षका पानाहरूमा लेखिएको सफलता यही कथा हो विजय खत्रीको नेपालमा सरकारी जागिर छोडेर करिब एक दशकदेखि कुवेतमा रहँदै आउनु भएका खत्रीले साधारण डेलिभरी ड्राइभरको रूपमा सुरु गरेको पेशागत यात्रा आज बर्ग किङका ब्रान्च म्यानेजर जस्ता सम्मानजनक पदमा पुर्‍याउन सफल भएका छन्।

    खत्री पेशागत क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व र जनचेतनामा पनि सशक्त आवाजका रूपमा परिचित हुनुहुन्छ विभिन्न संघ–संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष  रूपमा आबद्ध रहँदै उहाँले समाजमा फैलिएका विकृति विसंगति र नकारात्मक प्रवृत्तिहरूको विरोधमा सधैं अग्रपंक्तिबाट आवाज उठाउँदै आउनुभएको छ।

    कला नृत्य गायनजस्ता सर्जनशील क्षेत्रहरू र जीवनका विविध आयामलाई कलात्मक रूपमा प्रस्तुत गर्न सक्ने क्षमता उहाँमा प्रष्ट देखिन्छ यिनै सर्जनशीलता र संवेदनशीलताको निरन्तरता स्वरूप हालै उहाँले ‘साथी’ शीर्षकको कविता सार्वजनिक गर्नुभएको छ।

    उक्त कवितामा जीवनका उतार चढाव सम्बन्धका मिठा तिता क्षणहरू र मानवीय भावनाको गहिरो अभिव्यक्ति झल्किएको छ मित्रताको अर्थ अनुभव र बोधलाई सरल तर हृदयस्पर्शी ढङ्गले प्रस्तुत गरिएको यस कृतिले पाठकको मनमा आत्मीयता र चिन्तनको स्पर्श छोड्छ।

    समाज पेशा र सिर्जनशीलता तीनै क्षेत्रमा समान रूपमा सक्रिय रहँदै विजय खत्रीले उदाहरणीय सन्देश दिनुभएको छ कि समर्पण लगन र सकारात्मक सोचले जहाँ भए पनि सफलता र सृजनशीलता सम्भव छ।

    उहाँको कविता यस्तो

    कविता साथी

    "सुःखमा आउनेहरु मैले चाहेको
    दुःखमा आउनेहरू मलाई चाहेको
    मिठा तिता बचनहरू मैले खाएको
    दुवै खालका साथीहरु मैले पाएको"

    "तिम्रो आँचमा ठोस लाग्दा यो मनमा दुख्छ
    तिमी हामी एक हुदा बैरी  शिर झुक्छ
    बैरी शिर झुकेपछि सफलतामा पुग्छ
    सफलतामा पुग्नु मतलब गलत कार्य सुक्छ"

    "असल साथी सधैभरी अगाडी नै बोल्छ
    मनको कुरा कैही नसोची खुल्लम खुल्ला खोल्छ सुःखभन्दा दुःख धेरै एक आपसमा मोल्छ
    जो कोही कसैले हेप्या देखे यो मन धेरै पोल्छ"