१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्व राष्ट्रपतिसँगको भेटपछि गृहमन्त्रीको कार्यशैलीबारे सुदनको कडा प्रश्न



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या २७२
  • काठमाडौँ, कार्तिक २१ - जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको पछिल्लो गतिविधिप्रति कडा आपत्ति जनाएका छन्।

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग गृहमन्त्रीको भेटलाई उदाहरण दिँदै गुरुङले आन्दोलनका घाइते तथा मृतकका परिवारप्रति सरकारको संवेदनहीनता देखिएको टिप्पणी गरेका हुन्।

    गुरुङले प्रश्न गरे– “ज्यान गुमाएकाहरूका परिवार, अपांगता बोकेर बसेका घाइते, टुहुरा बनेका बालबालिकाको अवस्था बुझ्न गृहमन्त्री कहिल्यै किन पुगेनन्? जनताको पीडा बिर्सिएर उच्च पदाधिकारी भेट्न मात्र व्यस्त बस्नु नैतिकताको उदाहरण कसरी हुन सक्छ?”

    उनले आन्दोलनको पीडित परिवारको पक्षमा सरकारबाट न त चासो देखिएको छ न त जिम्मेवारीपूर्ण व्यवहार, भन्दै गृहमन्त्री अर्यालले तत्काल नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग दोहोर्याए।

    बिहीबार गुरुङले ४८ घण्टे अल्टिमेटम जारी गर्दै गृहमन्त्रीलाई जनताको पीडा पहिचान गर्ने र जिम्मेवार ढंगले व्यवहार देखाउनुपर्ने चेतावनी दिएका थिए।