१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधि सभा चुनाव: एमाले दल दर्ताका लागि आयोग जाँदै



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १४२
  • काठमाडौं, मंसिर ९ - प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बनाउँदै नेकपा एमाले आज निर्वाचन आयोग पुगेर दल दर्ता प्रक्रिया पूरा गर्ने भएको छ। निर्वाचन विभाग प्रमुख निरज आचार्यले नियुक्त निवेदन आजै आयोगमा पेश गरिने जानकारी दिएका छन्।

    राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले पहिले नै दल दर्ता गराइसकेको भए पनि प्रतिनिधि सभाका लागि दर्ता गर्न बाँकी थियो। आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम समय बुधबारसम्म तोकेको छ।

    दर्ता प्रक्रियामा एमालेको सक्रियता बढेको देखिँदा आगामी निर्वाचनमा पार्टीको रणनीति र सहभागिता स्पष्ट हुने अनुमान गरिन्छ।