काठमाडौं, पुस ४ - नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरिएको छ भने केन्द्रीय नेताहरू बैठकस्थलमा पुगिसकेका छन्।
काठमाडौंमा सम्पन्न महाधिवेशनबाट चयन भएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको पक्षको स्पष्ट बहुमत देखिएको छ। ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित भएका छन्।
नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिस्पर्धा भएको थियो। महाधिवेशनपछि बस्न लागेको यस पहिलो बैठकले पार्टीको आगामी कार्यदिशा र संगठनात्मक निर्णयहरूबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस