१३ पुष २०८२ आईतबार | 28 Dec 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सात घण्टाको राजनीतिक संवाद, प्रधानमन्त्रीमा बालेन अगाडि, रवि समर्थनमा?



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ८१
  • काठमाडौं, पुस ८ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचन र राजनीतिक सहकार्यबारे समझदारी बन्ने दिशामा संवाद अघि बढेको छ।

    स्रोतका अनुसार यसपटक बालेनलाई अघि सार्ने र भविष्यमा रविलाई सहयोग गर्ने विकल्पमा सकारात्मक छलफल भएको हो।

    सोमबार राति कमलपोखरीस्थित असिम साहको कार्यालयमा दुई नेताबीच करिब सात घण्टा लामो भेटवार्ता भएको थियो। भेटमा सुरुमा केही सहयोगी सहभागी भए पनि पछि लामो समय दुवै नेता एक्लै छलफलमा बसेका थिए।

    छलफलमा एउटै राजनीतिक प्लेटफर्मबाट अघि बढ्ने, शक्ति र भूमिका बाँडफाँट कसरी गर्ने भन्ने विषय मुख्य एजेन्डा बनेको स्रोतले जनाएको छ। पार्टीको नाम र संरचनाबारे भने अझै अन्तिम टुंगो नलागेको बताइएको छ।

    धरौटीमा रिहा भएपछि लामिछाने राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन्। उनले देश निर्माणका लागि आवश्यक परे आफू पछि हट्न पनि तयार रहेको संकेत यसअघि नै दिइसकेका छन्।

    भेटवार्ताको व्यवस्थापन गरेका असिम साहले रवि–बालेन संवादलाई सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो भेटले वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्यको सम्भावना बलियो बनाएको छ।