१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आशिका तामाङले पनि रोजिन् रास्वपा, धादिङ–१ बाट उम्मेदवारी



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १९०
  • काठमाडौं, माघ ५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ।

    सोमबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेतृ/नेताहरूको उपस्थितिमा गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्।

    रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिन लागेकी हुन्।

    यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर अन्ततः उनले रास्वपाको तर्फबाट धादिङ–१ रोजेकी हुन्।

    रास्वपाले नयाँ र युवा नेतृत्वलाई अघि बढाउने नीति अनुरूप तामाङलाई उम्मेदवार बनाइएको जनाएको छ।