१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विशेष महाधिवेशनपछि कांग्रेसमा नयाँ युग : सभापति गगन थापाको पदभार आज



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १४२
  • काठमाडौँ, माघ ९ - नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति चयन भएका गगनकुमार थापाले आजदेखि औपचारिक रूपमा पार्टी नेतृत्व सम्हाल्दैछन्। माघ १ गते काठमाडौँमा सम्पन्न महाधिवेशनबाट पूर्व महामन्त्री थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका हुन्।

    पदभार ग्रहण गरेसँगै थापाको अध्यक्षतामा आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तय भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीसहित देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने पार्टीले जनाएको छ।

    केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ। विशेष महाधिवेशनपछि नेतृत्वमा आएका थापाले आजबाट कांग्रेसको संगठनात्मक र राजनीतिक जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नेछन् ।