१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

घरदैलोमा रवि लामिछानेलाई प्रश्न : ‘जेनजी आन्दोलन’का बेला कैदी छुटाउन भूमिका खेलेकै हो?



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १४०
  • काठमाडौं, माघ ४ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चितवनमा घरदैलो कार्यक्रमका क्रममा मतदाताले ‘जेनजी आन्दोलन’ताका नख्खु कारागारबाट कैदी निस्किएको विषयमा स्पष्टिकरण मागेका छन्।

    सोमबार चितवन क्षेत्र नम्बर २ मा मतदाता भेटघाटका क्रममा एक वृद्ध मतदाताले लामिछानेलाई प्रश्न गर्दै आन्दोलनका बेला उनी बाहिरिएपछि अन्य कैदीबन्दीसमेत निस्किएको चर्चा रहेको उल्लेख गरे। “त्यो घटनामा तपाईंले नै नेतृत्व गरेको भन्ने बाहिर सुनिन्छ, वास्तविकता के हो?” भन्ने जिज्ञासा राखिएको थियो।

    जवाफमा लामिछानेले उक्त आरोपबारे आफूले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगसमक्ष बयान दिइसकेको बताए। आयोगले आफूलाई दोषी नदेखाएको दाबी गर्दै उनले २४ गतेको घटनाबारे बयान दिन जाने पहिलो व्यक्ति आफू भएको उल्लेख गरे।

    “म जेलभित्र रहेकै अवस्थामा आयोगमा पुगेर सबै तथ्य राखेको हुँ,” उनले भने, “जेलभित्र पाँच–छ वटा फलामे ढोकाभित्र सीमित पहुँचमा बसेको व्यक्तिले बाहिरका गतिविधि नेतृत्व गर्न सम्भव हुँदैन।”

    लामिछानेले आयोगको प्रतिवेदन सार्वजनिक हुन बाँकी रहेको जनाउँदै आयोगका अध्यक्षबाट सार्वजनिक रूपमा आफू दोषी नभएको अभिव्यक्ति आएको पनि दाबी गरे। साथै, जेल प्रशासनका जिम्मेवार अधिकारीहरूको बयानबाट समेत आफूले सफाइ पाउने विश्वास व्यक्त गरे।

    चितवनमा जारी घरदैलो अभियानका क्रममा उठेको यो प्रश्नले निर्वाचन माहोल तताएको छ।