१० फागुन २०८२ आईतबार | 22 Feb 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ४८
  • काठमाडौं, फागुन ६ - महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार घटनापछि फरार रहेका श्रेष्ठलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो।

    शिवरात्रिका दिन सुरक्षार्थ खटिएका एक प्रहरीमाथि उनले लात्ती प्रहार गरी छातीमा चोट पुर्‍याएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। भिडियो सार्वजनिक भए पनि प्रारम्भमा आक्रमणकारीको पहिचान खुल्न सकेको थिएन।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।