१० फागुन २०८२ आईतबार | 22 Feb 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाद्वारा सूर्य झण्डा जलाएपछि एमालेको कडा आपत्ति, ‘राजनीतिक अपरिपक्वता’ को आरोप



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४८
  • दाङ, फागुन ८ - दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले नेकपा (एमाले) को चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति एमालेले कडा आपत्ति जनाएको छ।

    विहीबार राति तुलसीपुर बजार क्षेत्रमा केही रास्वपा कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएको बताएका छन्। उक्त घटनालाई एमालेले आस्था र भावनामाथि गरिएको प्रहारका रूपमा व्याख्या गरेको छ।

    एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै जिम्मेवार राजनीतिक व्यवहारको अपेक्षा गरेका छन्। उनले उग्रता र उत्तेजनालाई आधार बनाएर चर्चामा आउन खोज्नु राजनीतिक परिपक्वताभन्दा टाढाको व्यवहार भएको टिप्पणी गरेका छन्।

    आचार्यले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित आचरण, तथ्यमा आधारित आलोचना र स्पष्ट वैचारिक धारणा मार्फत बलियो बन्ने बताए। अराजक गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ छ।

    उनले लोकप्रियताका लागि क्षणिक सहानुभूति बटुल्ने प्रयास अन्ततः दुःखद परिणाममा पुग्ने चेतावनी पनि दिएका छन्।