१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

घोराहीमा रविको आक्रोश : ‘मलाई जेल हाल्ने यहीँबाट चुनाव लड्दैछन्’



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १३१
  • दाङ, फागुन ८ - रवि लामिछानेले आफूलाई संसद्बाट हटाइएको प्रसंग उठाउँदै जनताको साथ आफूबाट खोस्न नसकिने बताएका छन्। शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध राजनीतिक षड्यन्त्र गरिएको आरोप लगाए।

    घोराही दाङ क्षेत्र नम्बर–२ अन्तर्गत पर्छ, जहाँ शंकर पोखरेल उम्मेदवार छन्। सभामा बोल्दै लामिछानेले नेकपा एमाले नेतृत्वतर्फ संकेत गर्दै सुशासनका पक्षमा उभिँदा आफूलाई लक्षित गरेर कारबाही गरिएको दाबी गरे।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो पार्टी जनताको पक्षमा र सुशासनका लागि निरन्तर आवाज उठाइरहेको बताए। सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरू खोल्न थालेपछि आफूलाई संसद्बाट हटाएर जेल पठाइएको उनको आरोप थियो।

    उनले भने, “मलाई संसद्बाट हटाउनुभयो, तर जनताको मनबाट हटाउन सक्नुहुन्न। यदि सक्नुहुन्छ भने गरेर देखाउनुस्।” उनले आफूलाई जेल पठाउन भूमिका खेलेका व्यक्तिहरू यही क्षेत्रबाट चुनाव लडिरहेको सुनिएको भन्दै फागुन २१ गते हुने निर्वाचनमार्फत जनताले उचित जवाफ दिने दाबी गरे।

    लामिछानेले सुशासनका लागि लड्ने प्रतिनिधिलाई मध्यरातमा पक्राउ गरी जेल पठाइएको प्रसंग स्मरण गर्दै आगामी निर्वाचनलाई न्यायको अवसरका रूपमा लिन मतदातासँग आग्रह गरे।