१६ जेठ २०८३ शनिबार | 30 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

साम्बाको शल्यक्रियाका लागि कांग्रेसद्वारा आर्थिक साथ, पाँच लाख रुपैयाँ सहयोग गर्ने



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६४
  • काठमाडौं, फागुन १२ - राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

    घुँडामा देखिएको जटिल समस्याका कारण साम्बा पुनः शल्यक्रियाको तयारीमा छिन्। एसीएलमा यसअघि गरिएको अपरेशनपछि हालिएको ग्राफ्टमा समस्या देखिनुका साथै एमसिएलमा गम्भीर चोट पुष्टि भएपछि चिकित्सकले थप शल्यक्रिया आवश्यक ठहर गरेका हुन्। उनको उपचार खर्चमा सहयोग पुग्ने उद्देश्यले कांग्रेसले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

    पार्टीका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग समन्वय गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसअनुसार एन्फाको खातामार्फत रकम जम्मा गरिएको जानकारी दिइएको छ।

    कांग्रेसका सभापति गगनकुमार थापाले साम्बाले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। कठिन समयमा खेलाडीलाई सबै पक्षबाट साथ र सहयोग आवश्यक पर्ने उनले बताएका छन्।

    कांग्रेसले खेलकुद क्षेत्र राष्ट्रको गौरवसँग जोडिएको विषय भएको उल्लेख गर्दै प्रतिभाशाली खेलाडीहरूको संरक्षण र प्रोत्साहनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।