१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मौन अवधिमा उम्मेदवारको तस्वीर पोस्ट गर्ने टिकटकर रतन कार्कीमाथि प्रहरी सोधपुछ



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १४५
  • काठमाडौं, फागुन २० - निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीलाई प्रहरीले सोधपुछ गरेको छ। मौन अवधिका बेला विभिन्न उम्मेदवारहरूको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषयमा उनलाई नियन्त्रणमा लिएर आवश्यक जानकारी लिइएको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालले कार्कीलाई सोधपुछपछि छाडिएको जानकारी दिए। उनका अनुसार मौन अवधिमा प्रचारप्रसारसँग सम्बन्धित सामग्री सार्वजनिक गर्नु आचारसंहिताविपरीत भएकाले सो विषयमा स्पष्टिकरण लिइएको हो।

    प्रहरीले सामाजिक सञ्जालमा राखिएका उम्मेदवारका तस्वीरहरू हटाउन लगाएको जनाएको छ। तस्वीर हटाएपछि कार्कीलाई सामान्य सोधपुछ गरेर रिहा गरिएको खनालले बताए।

    निर्वाचन नजिकिँदै जाँदा मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार नगर्न निर्वाचन आयोगले आग्रह गर्दै आएको छ। यस अवधिमा उम्मेदवार वा दलको पक्षमा सामग्री सार्वजनिक गर्नु कानुनी रूपमा निषेधित छ।