१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालेन शाह र रवि लामिछानेलाई भुटान प्रधानमन्त्रीको शुभकामना



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १७९
  • काठमाडौँ, फागुन २६ - भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ले नेपालको हालै सम्पन्न आम निर्वाचनमा विजयी भएका बालेन शाह र रवि लामिछाने लाई बधाई दिएका छन्।

    प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई व्यक्तिगत रूपमा बधाई दिएका छन् र नेपाली जनतालाई सफल निर्वाचनको अवसरमा शुभकामना दिएका छन्।

    उनले नेपालमा सम्पन्न लोकतान्त्रिक प्रक्रियालाई प्रशंसा गर्दै यसलाई ठूलो उपलब्धि भएको बताएका छन्। उनले यस्तो लोकतान्त्रिक अभ्यासले मुलुकको स्थायित्व र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    प्रधानमन्त्री तोब्गेले दुई देशबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै भविष्यमा मित्रता अझ प्रगाढ हुने आशा व्यक्त गरेका छन्।