२९ चैत २०८२ आईतबार | 12 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल टेलिकमले डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स कट्ने व्यवस्थाको अन्त्य



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ७०
  • काठमाडौं, चैत २४ - नेपाल टेलिकम (एनटीसी) ले डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स कट्ने व्यवस्था रोक्दै ग्राहकलाई विकल्प छनोट गर्ने सुविधा दिएको छ। यो कदम सञ्चार मन्त्रालयको निर्देशनमा गरिएको हो।

    ग्राहकले अब डाटा प्याकेजको ९० प्रतिशत प्रयोग भएपछि सूचना प्राप्त गर्नेछन्। साथै, डाटा सकिएपछि इन्टरनेट चलाउने वा नयाँ प्याकेज लिने विकल्प ग्राहकले आफैं छनोट गर्न सक्नेछन्।

    सर्भिस सुधार अहिले परीक्षण चरणमा छ र छिट्टै पूर्ण रूपमा लागू हुनेछ। युएसएसडी र मोबाइल एप प्रयोगकर्ताले केही दिनभित्र नयाँ सुविधा अनुभव गर्न पाउनेछन्।

    ग्राहकलाई सहजता दिन ‘वान टाइम केवाईसी’ प्रणाली लागू गरिनेछ। यसले विवरण बारम्बार बुझाउने झन्झट हटाउनेछ। इ–सिम वितरण, हराएको सिम फिर्ता र स्वामित्व हस्तान्तरण पनि अब पूर्ण अनलाइन हुनेछ।

    सेवा गुणस्तर सुधारका लागि ‘एकल बिन्दु सेवा’ कक्ष स्थापना र फोरजी सेवाको सुधार योजना अघि बढाइएको छ। डाटा सकिँदा स्वतः रकम कट्ने प्रचलन हटाउनु ग्राहक अधिकारको संरक्षणतर्फ महत्वपूर्ण कदम हो।